२०८३ भदौ २८ , आइतबार

सर्वोच्च अदालत बार एशोसिएशनको मतदान सम्पन्न (फोटो फिचर)



२० पुस, काठमाडौै । सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमितिको चयनको लागी भएको निर्वाचनको मतदान सम्पन्न भएको छ। बारको १५ सदस्यीय विभिन्न पदको लागी ३२ जनाको उम्मेदवारी परेको थियो।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीको उम्मेदवारी परेको छ। यसैगरी उपाध्यक्षको एक पदको लागी अधिवक्ता अम्बर बहादुर रावत, अधिवक्ता भिष्मराज कडरिया र वरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठ चुनावी मैदानमा छन्।

सचिवको एक पदको लागी अधिवक्ता रमण कुमार कर्ण र अधिवक्ता प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा छन् । यसैगरी सहसचिवको एक पदको लागी २ जना, कोषाध्यक्ष एक पदको लागी २ जना, महिला सदस्य एक जनाको लागी २ जना र नौं जना खुल्ला सदस्यको लागी १८ जना चुनावी मैदानमा छन्। निर्वाचनमा जम्मा पाँच सय ७४ मत खसेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता जगदीश चन्द्र पाण्डेले जानकारी दिए।

फोटो फिचरः

 

 

प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार
प्रतिक्रिया दिनुहोस्