२०८३ साउन १३ , बुधबार

वकीललाई नैतिकताको पाठ पढाउन छोडेनन् प्रधानन्यायाधीशले, वरिष्ठ अधिवक्ताको गरिमा राख्नुहोस्



१९ पुस, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद् द्वारा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतले वरिष्ठ अधिवक्ताहरुलाइ नैतिकताको पाठ पुनः पढाएका छन्।

यस अगाडी सर्वोच्च अदालत द्वारा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा आफैले उपाधी प्रदान गरेका वरिष्ठ अधिवक्ताहरुलाइ नैतिकता र पेशागत आचरणको पाठ पाठएका प्रधानन्यायाधीश रावतले त्यसलाइ आजपनि निरन्तरता दिएका छन् । नेपाल बार एशोसिएशन र कानून व्यवसायी प्रति आक्रोसित देखीएका रावतले बार काउन्सिल द्वारा आयोजित कार्यक्रमममा समेत वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरणमा सहभागी कानून व्यवसायीलाइ नैतिकता, मर्यादाको पाठ पढाउन छोडेनन्।

उनले भने ‘वरिष्ठ अधिवक्ताको उपाधि नदिए पनि गुनासो आउने, दिएपनि कस्तालाइ दिएको भनेर कठोर टिप्पणी हुने।’ रावतले भने उपाधि लियर मात्र हुदैन मेहनतलाइ साधनामा परिणत गर्न सक्नुपर्छ।

वरिष्ठ अधिवक्ताले विपन्न, अपाङ्गता भएका र पहुँच नभएकाहरुलाइ समेत सहयोग गर्नुहोस् उनिहरुबाट पाउने आसिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा पनि ठुलो हो रावतले भने।

रावतले सर्वोच्च अदालतले ५‍० प्रतिशत विवादहरु मेलमिलापबाट समाधान गर्ने पाँच वर्षिय रणनीतिक योजना तय गरेकोले मेलमिलापलाइ जोड दिनुपर्ने बताए।

प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा एक सय ५९ जनालाइ वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण गरिएको हो। सर्वोच्च अदालतको  पूर्ण बैठक (फुल कोर्ट) बाट मिति २०८१ असोज १० गते एक सय ५९ अधिवक्ताहरुलाइ वरिष्ठ अधिवक्ताको उपाधी दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्