१३ पुस, विराटनगर। नेपाल बार एशोसिएशनको आयोजनामा कानून व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलनको उद्घाटन शत्र विराटनगरमा सम्पन्न भएको छ।
नेबाए महिला समिति आयोजक भएको सम्मेलनमा देशमरका हजारौं कानून व्यवसायीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाल बारको कार्यसमितिले अन्य विभिन्न विषयमा विमती राखेपनि नेपाल बार एशोसिएशनको अध्यक्षले अदालत र न्यायपरिषदको वेथितीका बारे बोल्दा मुद्दा लागेको विषय व्यक्तिगत नभइ बार र देशभरको कानून व्यवसायीको भएको भनी एक्यवद्धता जनाएर एकतावद्ध बारको उदाहरण पेश गरेको बताए।
घिमिरेले अदालतको विकृति बारे अदालतका न्यायाधीशहरुले स्वीकार गरेको विषय बारले बोल्दा कसरी मुद्दाको विषय बन्यो प्रश्न गरे। घिमिरे अटोमेसनको निश्पक्षता प्रति समेत प्रश्न उठाए।
कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले महिला सहभागीता कानून क्षेत्रमा न्युन रहेको बताइन् । न्यायाधीश मल्लले न्याय परिषद् स्वतन्त्र नभएको विषय तर्फ संकेत गर्दै बारबाट प्रतिनिधीत्व गर्नेे सदस्यमा मात्र प्रश्न उठ्ने गरेको जिकिर गरिन्।मल्लले न्यायाधीशहरुले मेलमिलापमा पठाउने मात्र नभइ मेलमिलाप गर्ने वातावरण बनाउन तर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् । बार र बेच्च विचको सम्वन्ध विग्रेको होइन, सम्वन्ध विग्रीन पनि सक्दैन र यो अटुट रहने बताइन् । बार र बेच्चको सम्वन्ध लोग्ने स्वास्नीको सम्वन्ध जस्तो विवाद हुने खालको जस्तो पनि होइन जो छुट्न सक्छ, यो सम्वन्ध अटुट छ उनले भनिन्।
कार्यक्रम नेबाएका उपाध्यक्ष एवम् महिला समितिको अध्यक्ष आशा राइको अध्यक्षता र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आथित्यता एवम् बारको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको विशेष आथित्यतामा उद्घाटन शत्र सम्पन्न भएको थियो। सम्मेलन १४ गते आइतबार सम्म चल्ने छ।








