१३ पुस, काठमाडौं। न्याय परिषद् द्वारा न्यायाधीशहरुको सरुवा गरेको छ। परिषद्ले २५ न्यायाधीशको सरूवा गरेको छ । उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सुरूवा सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ भने एक जनाको काज सिफारिस भएको छ । त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ ।
विशेष अदालतमा काज सरुवामा रहनु भएका न्यायाधीश खुशीप्रसाद थारूलाई उच्च अदालतका जनकपुरको वीरगञ्ज इजलासमा सरूवा गरिएको छ । यस्तै उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालाई विशेष अदालतमा सरुवा सिफारिस गरिएको छ।
न्यायाधीस सरुवा विस्तृतमा हेर्नुहोसः
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार








