काठमाडौं। उच्च अदालत बार एशोसिएशन पाटन ललितपुरको अध्यक्ष पदमा पीपीएलए-एनएलए समुहका उम्मेदवार सेवन्तराज निरौलाको सम्पूर्ण प्यानल भारी मतान्तरसहित विजयी भएको छ।
अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित निरौलाले एक्लै १ हजार १५२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धीहरू स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत र डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा निरौला प्यानलका दुर्गा प्रसाद चिमरियाले १ हजार ६२ मत प्राप्त गरी विजयी भएका छन्। यसैगरी सचिवमा राजिव पोखरेलले १ हजार ४५ मत प्राप्त गरेका छन्। सह सचिवमा सिमा सुवेदीले १ हजार ५३ मत प्राप्त गरेकी छन्। यसैगरी कोषाध्यक्षमा निरौला समुहका दिल कुमार कार्कीले १ हजार ८८ मत प्राप्त गरी फराकिलो मतान्तरले विजयी भएका हुन्।
महिला सदस्यहरुमा अनिता पौड्याल, इन्दिरा कुमारी शर्मा र बबिता राइ विजयी भएका छन्।
खुला सदस्यको एघार जनामा विष्णु महत, शर्मीला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैया ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटक बहादुर शाही, गोविन्द कुमार साह र मात्रिका खनाल निर्वाचित भएका छन्।
मतदान शान्तिपुर्ण, मर्यादित र सफल भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडाले जानकारी दिए। निर्वाचन समिति र सम्पुर्ण निर्वाचन प्रकृयालाइ विवादीत गराउने प्रयत्न भएपनि निर्वाचन समितिले आफ्नो काम निष्पक्ष रुपमा सजक र कटिबद्ध भइ सफल बनाउन लागीपरेको खतिवडाको भनाइ छ।
मतपरिणाम सहितः









