२०८३ साउन १३ , बुधबार

सर्वोच्च अदालत बारको अध्यक्षमा तीन जनाको उम्मेदवारी (पदाधिकारीको सूचि सहित)



८ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको मिति २०८१ साल पुस २० गते शनिबार सम्पन्न हुने कार्यसमितिको निर्वाचनमा तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका छन् ।

यसैगरी उपाध्यक्ष पदको एक पदको लागि तीन जनाको उम्मेदवारी परेको छ। जसमा अधिवक्ता अम्बर बहादुर रावत, अधिवक्ता भिष्मराज कडरीया र अधिवक्ता उत्तम बहादुर श्रेष्ठको उम्मेदवारी परेको छ। सचिव पदको लागि अधिवक्ता रमन कुमार कर्ण, अधिवक्ता पुष्पराज पौडेल र अधिवक्ता प्रभाकर श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

सर्वोच्च अदालत बार कार्यसमिति तथा नेबाए कन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) को निर्वाचनको लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। उम्मेदवारी उपर दावी विरोध भएमा मिति २०८१ साल पुस ९ गते मङ्गलवार बिहान ११:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म दावी विरोधको समय सिमा तोकिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता जगदीश चन्द्र पाण्डेले जानकारी दिए।

उम्मेदवारको सूचिः

प्रकाशित मिति : २०८१ पुस ८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्