२०८३ साउन १३ , बुधबार

उच्च अदालत बार नेपालगञ्जको साधारणसभा सम्पन्न, बार अध्यक्ष घिमिरे माथिको मुद्दाको चर्को विरोध



६ पुस, नेपालगंज। उच्च अदालत बार एशोसिएशन नेपालगंजको चौथो साधारणसभा सम्पन्न भएको छ । शनिवार नेपालगञ्जमा आयोजित चौथो साधारणसभा तथा सम्मान कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे माथी अदालतको अपहेलना मुद्दा प्रति कानूनव्यवसायीहरुले चर्को विरोध जनाएका छन् ।

बारको अध्यक्षमाथी अपहेलना मुद्दा चलाउनु सम्पूर्ण कानूनकर्मीहरु माथी मुद्दा लगाउनु हो भनी वक्ताहरुले धारणा राखेका छन् । कार्यक्रममा बोल्दै पूर्व कानूनमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द प्रसाद शर्मा बन्दीले नेपालको न्याय क्षेत्र ‘क्रस रोड’मा भएको बताए। उनले भने ‘बारलाइ बाहिर राखेर न्यायालय अगाडी बढ्न सक्दैन्।’  संविधान संसोधनमा न्यायालयमा पुर्ननियुक्तिको एजेण्डाका साथ अगाडी जान सक्ने र यो अवस्था आउन नदिन सरोकारवालालाइ चेतावनी दिए।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अभियानमा न्यायालयको विकृति र न्यायाधिश नियुक्तिको विषयमा आवाज उठाउदा अपहेलनाको मुद्दा खेप्नुपर्ने अवस्था आएको बताए। उनले भने ‘२०४६ सालमा न्यायको लागी जेल बसेको हुँ, न्यायालयको विकृतिमा बोल्दा जेल जाने अवस्था आए आफु तयार छु, यो मेरो व्यक्तिगत विषय पनि होइन, मेरो साथमा हजारौ कानूनव्यवसायी हुनुहुन्छ, मलाइ यो मुद्दाले चिन्तित बनाएको छैन।’

घिमिरेले अटोमेसन देखाउने दाँत भएको र म विरुद्दको अपहेलनामा अटोमेसनको असलीयत छर्लङ्ग भएको बताए । उनले भने ‘म विरुद्दको अदालतको अपहेलना मुद्दामा पेशी लिदा बेथिति छर्लङ्ग भएको छ, यसलाइ दुरुपयोग गरिएको छ।’

यसैगरी सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्ने बारका सदस्यहरु वरिष्ठ अधिवक्ता राम बहादुर खड्का, धुर्वप्रसाद बस्याल, शालिकराम सापकोटा र लोक बहादुर शाहलाइ समेत सम्मान गरिएको छ ।

साधारण सभाले २० बुँदे घोषणापत्र समेत जारी गरेको छ । साधारणसभा उच्च अदालत बार नेपालगजञ्जका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षता, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

घोषणापत्रः

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्