५ पुस, नेपालगंज। उच्च अदालत बार एशोसिएशन नेपालगंजको साधारणसभाको तयारी पुरा भएको छ । बारको पुस ४ गते बसेको कार्यसमितिको बैठकले पुस ६ गते शनिबार हुने चौथो साधारणसभालाइ सम्पन्न गर्न विभिन्न जिम्मेवारी प्रदान गरेको छ।
बारको बैठकले घोषणा पत्र तयारी समितिको संयोजकको जिम्मेवारी वरिष्ठ अधिवक्ता लोक बहादुर शाहलाइ दिएको छ। जसको सदस्यमा अधिवक्ता बसन्त गौतम, अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता तिर्थराज ज्ञवाली, अधिवक्ता हिरा बहादुर श्रेष्ठ, अधिवक्ता सुनिता शर्मा र कुसुमा सुवेदी अधिवक्ता रहेका छन्।
यसैगरी सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्ने बारका सदस्यहरु वरिष्ठ अधिवक्ता राम बहादुर खड्का, धुर्वप्रसाद बस्याल, शालिकराम सापकोटा र लोक बहादुर शाहलाइ समेत सम्मान गर्ने निर्णय गरेको बारका सदस्य अधिवक्ता पूर्णप्रसाद ढकालले जानकारी दिए। बारमा रहेर विभिन्न भूमीका निर्वाहा गर्ने व्यक्तिहरुलाइ सम्मान गर्ने समेत निर्णय गरेको छ।








