२०८३ साउन १३ , बुधबार

काभेपलाञ्चोक जिल्ला अदालत बारको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न



२९ मंसिर, काठमाडौ। काभेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशनको नयाँ निर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बार एकाईको ४५ औं साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
बारको अध्यक्षमा अधिवक्ता हरिशरण दाहाल निर्वाचित भएका हुन् ।
कार्यक्रममा नेपाल बार एशोसिएशनका महासचिव अधिवक्ता अन्जिता खनाल, उपत्यका बार एकाइका अध्यक्षहरु सहित पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम बार एकाइका अध्यक्ष अधिवक्ता बिष्णुप्रसाद सापकोटाको अध्यक्षता र  नेपाल बार एशोसिएशनका केन्द्रिय अध्यक्ष गोपाल कृष्ण घिमिरे प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ३० गते आइतबार
प्रतिक्रिया दिनुहोस्