२० मंसिर, काठमाडौं । नेपाल बार एशोसिएशनको ५०औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी यही मंसिर २४ र २५ गते पोखरामा हुने भएको छ । यस कार्यक्रममा सहभागी हुन नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आह्वान गरेका छन् ।
केन्द्रीय कार्यकारिणी परिषद्को बैठक यही मंसिर २४ गते हुनेछ । कार्यकारिणी परिषद्को बैठकमा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे रहनेछन् । यसैगरी अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०२४) को अवसरमा मंसिर २५ गते हुने मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीमा सर्वोच्च अदालतका सम्मानिय प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत प्रमुख अतिथिको रुपले रहने बारका अध्यक्ष घिमिरेले जानकरी दिए ।
केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीमा सवै कानून व्यवसायीहरुलाइ सहभागीताको लागी बारले आह्वान गरेको छ ।








