२०८२ माघ १७ , शनिबार

नेपाल बार एशोसिएशनको कार्यकारिणी परिषद्को बैठक र मानव अधिकार सम्बन्धी गोष्ठी पोखरामा हुने



१३ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएशनको ५०औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी पोखरामा हुने भएको छ ।

केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठक यही मंसिर २४ गते हुनेछ । यसैगरी अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०२४) को अवसरमा प्रत्येक वर्ष आयोजना हुने मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी यहि मंसिर २५ गते पोखरामा गर्ने नेपाल बार एशोसिएशनका महासचिव अन्जिता खनालले जानकारी दिइन् । साथै २४ गते बिहान प्रभातफेरी समेत हुने महासचिव खनालको भनाइ छ ।

केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा विभिन्न बर एकाइका पार्षदहरु सहभागी हुनेछन् । नेपाल बार एशोसिएशन अन्तर्गत मानव अधिकार तथा जन सरोकार समिति आयोजक हुने मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीमा सवै कानून व्यवसायीहरुलाइ सहभागीताको लागी बारले आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्