२०८३ साउन १४ , बिहीबार

कानून निर्माणमै त्रुटी हुँदा जबरजस्ती करणीमा युवाहरु कसूरदार बन्दैः वरिष्ठ अधिवक्ता मैनाली



मंसिर १०, काठमाडौं । कानून निर्माणमा ख्याल नगरिदा र अभियोजनलाइ हल्का रुपले लिदा धेरै पुरुषहरु जबरजस्ती करणी जस्तो जघन्य अपराधमा कसूरदार बनिरहेको वरिष्ठ अधिवक्ता लभ कुमार मैनालीले बताए ।

नेपालकाे सामाजिक, संस्कृतिक पक्षलाई ख्याल नगरी कानून बनाउदा अठार वर्ष सम्मको उमेर बालबालिका रहने कानूनी व्यवस्था रहनु र धेरै युवा युवतीहरुलाइ कानूनमा १८ वर्षसम्मको उमेर बालबालीका हो भन्ने ज्ञान नभएका कारण युवाहरु जवरजस्ती करणीको कसूमा सजाय भोगीरहेको मैनालीको जिकिर छ । युवायुवतीहरु प्रेम पश्चात बिवाह गर्छन्, उनीहरु उपर बालबिवाह र जबरजस्ती करणीको आरोप खेप्नुपर्ने अवस्था छ, मैनाली भने ‘नेपाली समाज अनुसारको कानून निर्माण वा संसोधनको आवश्यकता छ’ ।

नेपाल बार एशोसिएशन नवोदित कानुन व्यवसायी समितिद्वारा आयोजित ‘जबरजस्ती करणीसम्बन्धी कानून व्यवहार र यसका चुनौतिहरु’ बिषयक लेक्चर सिरिज कार्यक्रममा प्रस्तुती राख्दै वरिष्ठ अधिवक्ता मैनालीले न्यायालयबाट पनि एकोहोरो प्रमाणको आधारमा मुद्दाको नामको अधारमा थुनामा पठाउने प्रचलन बढेको बताए । उनले भने ‘जहेरी दरखास्तलाइ मुख्य आधारमानी एकोहोरो पेश भएको प्रमाणको आधारमा थुनामा पठाउने प्रचलन जिल्ला न्यायाधीशहरुमा बढेको छ, यसले धेरै युवाहरुको भविष्य अन्धकारतर्फ गएको छ’ । भारत लगायत धेरै देशको फौजदारी कानूनको उदाहरण दिदै मैनालीले कानूनी प्रावधानको समेत गलत व्याख्या र प्रयोग भएको बताए ।

कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता हर्क बहादुर रावलले जवरजस्ती करणी जस्तो विषयमा हलुका किसिमले अनुसन्धान र अभियोजन हुनु दुखद रहेको बताए ।

१३० जना कानून व्यवसायीको सहभागीता रहेको कार्यक्रम नेबाएका उपाध्यक्ष हर्क बहादुर रावलको प्रमुख आथित्यता र नवोदित कानुन व्यवसायी समितिका संयोजक अधिवक्ता तुल्सीराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्