मंसिर ६, काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेल र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाइ उच्च अदालत विराटनगर, इलाम इजलासमा काज सरुवा गर्न सिफारिस गरिएको छ।
यसैगरी उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाइ राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता सहसचिव अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
परिषद्ले जिल्ला अदालतका न्यायाधीशहरुलाइ समेत काज सरुवाको सिफारिस गरेको छ । जसमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राइलाई कास्की जिल्ला अदालत, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटवाललाई तनहुँ जिल्ला अदालतमा काज सरुवाको सिफारिस गरेको छ ।
यसैगरी काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेलाइ जाजरकोट जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्याललाई रुपन्देही जिल्ला अदालत, दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवलाइ धनुषा जिल्ला अदालत, धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञावलीलाइ दाङ जिल्ला अदालतमा काज सरुवा गर्न सिफारिस गरेको छ ।
मुगु जिल्ला अदालतका न्यायाधीश रामानन्द प्रसाद अधिकारीलाइ नवलपरासी जिल्ला अदालत, तनहुँ जिल्ला अदालतका न्यायाधीश चन्द्र कुमार पोखरेललाइ सोलुखुम्वु जिल्ला अदालत, सिराहा जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तलाइ जुम्ला जिल्ला र कालीकोट जिल्ला अदालतको कामकाज हेर्नेगरी सरुवा सिफारिस गरेको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बराललाइ सुर्खेत जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतका न्यायाधीश मिन बहादुर कुँवरलाइ मुगु जिल्ला अदालतमा काज सरुवा गरिएको छ ।
यसैगरी न्याय परिषदले बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ३० बमोजिम काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट हेरीने मुद्दा भक्तपुर जिल्ला मुकाम हुने गरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको प्रवक्ता क्षेत्रीले न्यायाखबरलाइ जानकारी दिए ।
न्याय परिषद्को निर्णयः








