२०८३ कात्तिक ५ , बुधबार

हतकडी लगाउने अवस्था नभएका व्यक्तिलाइ सो कार्य नगर्नु : सर्वोच्च



काठमाडौँ — सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाइ हतकडी लगाउनु सुरक्षात्मक उपाय मात्र नभइ सम्मानपुर्वक बाँच्न पाउने विषय भएको ठहर गरेको छ। पक्राउ परेको व्यक्ति भाग्न उम्कने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर हतकडी लगाउनुपर्ने अदालतको आदेश छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सो आदेश गरेको हो।

हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी समेतले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

अदालतले हतकडी लगाउनु अपरिहार्य हुने अवस्था नदेखिएका व्यक्तिलाई पक्राउ परेकै आधारमा हतकडी लगाउन नहुने भनेको छ। सो रिटको अन्तिम टुंगो नलागेसम्म मनमौजी रूपमा हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्