२०८३ भदौ २७ , शनिबार

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनले मनायो ३५ औं स्थापना दिवस



मंसिर ५, काठमाडौं । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) नेपालले आफ्नो ३५औं स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सरकार निर्माण हुँदा संविधान संशोधन गर्ने सहमती भएको बताए ।

देउवाले प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने स्पष्ट पारे । उनले भने ‘प्रजातन्त्रको लागि जेल परेको मान्छे हो’, ‘प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मैले मान्दिनँ’।

कार्यक्रममा काँग्रेसका महामन्त्री गगन थापाले जनतासंग गरेका बाचा पुरा गर्दे, दलहरु बेइमान छन्, गरेका हस्ताक्षरमा कहिले इमान्दार हुदैनन् भन्ने भाष्य निर्माण भएकोले यसलाइ चिर्न आवश्यक रहेको बताए ।

कार्यक्रम पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापती शेर बहादुर देउवाको प्रमुख आथित्यता, महामन्त्री गगन थापाको विशिष्ट आथित्यता र डिएलएका अध्यक्ष सिताराम केसीको अध्यक्षताम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्