२०८३ साउन १२ , मंगलबार

‘संवैधानिक कानून’ विषयक आधारभुत तालिम सम्पन्न



मंसिर ६, काठमाडौं । नेपाल कानून ब्यवसायी परिषद्को आयोजना र ललितपुर जिल्ला अदालत बार एशोसिएशनको सहआयोजनामा “संवैधानिक कानून” बिषयमा आधारभूत तालिम सम्पन्न भएको छ । कार्तिक २६ गते देखि संचालीत १० दिने तालिम नेपाल कानून व्यवसायी परिषद् अन्तर्गत लयर्स एकेडेमी समितिद्धारा आयोजना भएको हो।

तालिमको सहजिकरण सर्वोच्च अदालतका न्यायाधिश हरी प्रसाद फुँयाल, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृण्ण घिमिरे, वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता,एकराज भण्डारी, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता टिकारम भट्टराई लगायत २० जना प्रशिक्षकहरुबाट गरिएको थियो ।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० मा लयर्स एकेडेमी रहने व्यवस्था थप हुनका लागि हाल उक्त ऐन संशोधनका लागि संसदमा पेश भएको साथै एकेडेमी मार्फत देशैभरका कानून व्यवसायीलाई सक्षम र दक्ष बनाउनका लागि स्थापना भएको एकेडेमीको अध्यक्ष समेत रहेका नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए ।

ललितपुर बार एशोसिएशनको सभा हलमा आयोजित तालिममा दश वर्ष मुनीका ४० जना कानून व्यवसायीहरुको सहभागीता रहेको ललितपुर बारका कार्यसमिति सदस्य भुमीराज आले मगरले जानकारी दिए ।

समापन कार्यक्रम एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षता र नेपाल बार एशोसिएशनका पुर्व अध्यक्ष वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्