२०८३ जेठ २१ , बिहीबार

दुर्गा प्रसाईलाइ पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमती



मंसिर ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ काठमाडौ जिल्ला अदालतले पाँच दिन हिरासतमै राख्ने अनुमती दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्