कार्तिक ३०, काठमाडौं। नेपाल कानून व्यवसाायी परिषद लयर्स एकेडेमी समितिको आयोजना र उच्च अदालत बार एशोसिएशन पाटनको सह–आयोजनामा बाणिज्य कानूनसम्बन्धी १० दिने आधारभुत तालिमु बारको सभाहलमा सम्पन्न भएको छ । सर्वोच्च अदालतका पुर्व वरिष्ठतम् न्यायाधीश माननीय श्री अनिल कुमार सिन्हाज्यूको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
उच्च अदालतको सभाहलमा सञ्चालित उक्त कार्यक्रमको समापन समारोह नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेज्यूको अध्यक्षतामा र उच्च अदालत पाटनका का।मु। मुख्य न्यायाधीश श्री लाल बहादुर कुवरज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा उच्च अदालतका माननीय न्यायाधीस श्री मुनेन्द्र प्रसाद अवस्थी, नेपाल कानून व्यवसायी परिषदका पार्षद वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुर प्रसाद ढुंगाना, उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेल, नेपाल बार एशोसिएशनका महासचिव अन्जिता खनाल, नेपाल बार काउन्सिलका सचिव श्रीराम खनालसमेतको उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै नेपाल कानून व्यवसायी परिषदका पार्षद वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले देशभरका कानून व्यवसायीहरुलाई तालिममा पोख्त बनाउदै लैजाने र आगामी दिनमा काउन्सिलद्धारा दिइने काउन्सिलका प्रदेश कार्यालय र सम्बन्धित बार इकाईमार्फत तालिम दिने परिषदको उद्देश्य रहेको बनाउनु भयो ।
त्यसैगरी उच्च अदालत पाटनका वरिष्ठतम न्यायाधीस श्री लाल बहादुर कुँवरले बार काउन्सिलले तालिमको सुरुवात गर्नु र अझ लयर्स ऐकेडेमीले कानूनी रुपमा पूर्णता पाउनु अघि नै कानून ब्यवसायीहरुको क्षमता अभिवृद्धिको काम गर्नु अत्यन्तै राम्रो रहेको बताउनुभयो । यस्ता तालिमले करियर डिभेलपमेन्ट संगसंगै न्याय सम्पादनको गुणस्तर वृद्धि गर्ने र बेन्चलाई मार्गनिर्देशन गर्ने बताउनु भयो ।
त्यसैगरी नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्त गोपाल कृष्ण घिमिरेले कानून र न्याय क्षेत्रमा तालिम दिने संस्थाहरुले सबैलाई तालिम दिन नसक्ने अवस्था देखेपछि कानून व्यवसायीहरुलाई तालिम दिन लयर्स एकेडेमी आवश्यक छ भनेर महसुस गर्यो र आज काउन्सिलको लयर्स एकेडमीले आधारभुत र विशिष्टीकृत तालिमहरु सञ्चालन गर्दै आइरहेको र तालिमको गुणस्तरमा कहिँकतै कमी नहोस् भनेर हामीहरु लागिपरेको बताउनु भयो ।
उच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुर प्रसाद ढुंगानाले नबोदित कानून व्यवसायीहरुको हकहितमा निरन्तर कार्य गर्ने र तालिम अवधीभर व्यवस्थापनको तर्फबाट कमी कमजोरी हुन नदिने प्रतिवद्दता जनाउनुभएको थियो । उक्त कार्यक्रम उच्च अदालत बार एशोसिएशन पाटनका सचिव प्रवल शर्माले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रम अधिवक्ताको प्रमाण पत्र प्राप्त गरी १० वर्ष पुरा नभएका ४० जना कानून व्यवसायीहरुलाई १० दिने तालीम प्रदान गरिएको पाटन उच्च अदालत बारका कार्यसमिति सदस्य अधिवक्ता कृष्ण महराले जानकारी दिनुभयो ।








