२०८२ माघ १७ , शनिबार

उच्च अदालत बार पाटनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



कात्तिक १३, काठमाडौं । उच्च अदालत बार पाटन द्वारा दिपावली, नेपाल संवत् ११४५ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शुभकामना आदानप्रदान कार्यक्रममा पाटन उच्च अदालतका माननीय न्यायाधिश हेमन्त रावल, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे तथा महान्यायाधिवक्ता माननीय रमेश वडालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बारका उपाध्यक्ष अधिवक्ता विष्णु ऋषि कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । शुभकामना कार्यक्रममा कानून व्यवसायीको उल्लेख्य सहभागीता रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रम नेवाएका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको विशिष्ठ आथित्यता, महान्यायाधिवक्ता रमेश वडालको प्रमुख आथित्यता र उच्च अदालत बारको अध्यक्ष अधिवक्ता विदुर ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो ।

फोटोहरुः

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्