२०८३ साउन १२ , मंगलबार

“स्मृतिमा सुवास नेम्वाङ” लोकार्पण कार्यक्रम सम्पन्न



१२ कात्तिक, काठमाडौं । संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेमवाङ प्रति समर्पित “स्मृतिमा सुवास नेम्वाङ”को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालत बार द्वारा आयोजित कार्यक्रममा स्वर्गीय नेम्वाङको राजनैतिक, कानूनी र संवैधानिक योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा स्व नेम्वाङका सहपाठी, सहकर्मीहरुले उहाँसंग विताएका पहको स्मरण गरेका थिए ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश वडालले उहाँसंग कानून अभ्यास गर्दाका दिनको स्मरण गर्दै, नेम्वाङले निभाएको अविभावकत्व प्रसंशा गर्नुभयो ।

लोकार्पण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री भिम रावल, पूर्व मन्त्री अग्नी खरेल, नेपाल वार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष हरिहर दाहाल, पूर्व न्यायाधिश वैधनाथ उपाध्यायले नेम्वाङसंग विताएका पल र उहाँको योगदानबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्टतम् न्यायाधिश सपना प्रधान मल्लले उहाँसंग गरेका सहकार्य र नेपाली कानून र संविधान निर्माणको चर्चा गर्नुभएको थियो ।

स्मृति प्रकाशन समितिको संयोजक वरिष्ठ अधिवक्ता एवम् पूर्व मन्त्री अग्नी खरेल, सदस्यहरुमा वरिष्ठ अधिवक्ता विजय मिश्र, वरिष्ठ अधिवक्ता एवम् महान्यायाधिवक्ता रमेश वडाल, अधिवक्ता अवतार न्यौपाने, अधिवक्ता राम कुमार आचार्य, अधिवक्ता देवी रेग्मी र सदस्य सचिव एवम् सम्पादकमा वरिष्ठ अधिवक्ता भोजराज आचार्य हुनुहुन्छ।

स्मृतिमा ४३ जना विभिन्न व्यक्तिहरुले स्वः सुवास नेमवाङको जिवनकालका विभिन्न क्षणको चर्चा गरेको सम्पादक एवम् प्रकाशन समितिका सदस्य सचिव वरिष्ठ अधिवक्ता भोजराज आचार्यले जानकारी दिनुभयाे ।

कार्यक्रम न्यायाधिश सपना प्रधान मल्ल को प्रमुख आथित्यता र सर्वोच्च अदालत बारका अध्यक्ष हरि शंकर निरौलाको सभापतीत्वको सम्पन्न भएको थियो । “स्मृतिमा सुवास नेम्वाङ” पुस्तक सर्वोच्च अदालत बारले प्रकाशन गरेकाे हो ।

प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्