२०८३ भदौ ३० , मंगलबार

न्याय खबरको उद्घाटन समारोह सम्पन्न (भिडियो)



११ कात्तिक, काठमाडौं। जस्टिस मिडिया एण्ड रिसर्च प्रा.ली द्वारा संचालित अनलाइन पत्रिका न्याय खबरको एक कार्यक्रमका विच नेपाल राज्यका महान्यायाधिवक्त्ता माननीय रमेश वडालले उद्घाटन गर्नु भएको छ । कानून र न्याय विटमा समाचार प्रशारण र प्रकाशन गर्ने गरी स्थापना भएको न्याय खबर विधिवत रुपमा संचालनमा आएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता हरि शंकर निरौलाले समयको माग संगै सुचना र प्रविधीले फट्को मारेको सन्दर्भमा अनलाइन मिडियाले समय अनुसार चल्नुपर्ने र पाठकको चाहाना अनुसार सामाग्रीहरु पस्कीनु पर्ने बताउनु भयो ।

यसैगरी नेपाल बार एशोसिएशनका महासचिव अन्जिता खनालले न्याय खबरले न्याय क्षेत्रमा भएका विकृति र विसंगति लाइ उजागर गर्नुपर्ने बताउदै, अदालतबाट भएका विवादित फैसलाहरु जनतासामु ल्याउनुपर्नेमा जोड दिनु भयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय र कानून क्षेत्रमा भएका विकृति र विसंगतीमा न्याय खबर केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष घिमिरेले आफुले न्यायलयको विकृति र विसंगति बारे आवाज उठाउदा अदालतको अपहेलना मुद्दा खेप्नु परेको बताउनु भयो ।

महान्यायाधिवक्ता माननिय रमेश वडालले न्याय खबरले कानून र न्याय क्षेत्रको मात्र समाचार संप्रेषण गर्नुपर्ने बताउनु भयो । वडालले यस मिडियाले सहि र सत्य सुचना दिनुपर्ने साथै सूचना दिदा व्यक्ति गोपनियतालाइ समेत ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रम नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेको विशेष आथित्यता, महान्यायाधिवक्ता माननिय रमेश वडालको प्रमुख आथित्यता र जस्टिस मिडिया एण्ड रिसर्च प्रालीका अध्यक्ष एवम् न्याय खबरका सम्पादक अधिवक्ता गणेश बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

(भिडियो)

 

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्