२०८३ साउन १४ , बिहीबार

न्याय र कानून क्षेत्रमा पत्रकारिता मार्फत एउटा इट्टा थप्ने प्रयास



कार्तिक ११, काठमाडौं । न्याय र कानून क्षेत्रसंग केन्द्रित रही पत्रकारिता मार्फत समाजमा शान्ती स्थापनामा टेवा पुर्याउने ध्येयका साथ जस्टिस मिडिया एण्ड रिसर्च प्रा.ली द्वारा संचालित न्याय खबरको स्थापना भएको हो। नेपाली पत्रकारिताको इतिहाँसमा न्याय र कानूनलाइ मात्र विट मानेर स्थापना भएको सायद यो पहिलो अनलाइन मिडिया हो भन्ने हाम्रो दावी रहेको छ।

न्याय र कानूनक्षेत्रमा देखिएका वेथिती तथा बिसंगतिहरुमा खबरदारी गर्ने साथै यस क्षेत्रमा एउटा सम्म इट्टा थप्ने हाम्रो प्रयत्न रहने छ ।नेपालमा मिडियाहरुले कानून तथा न्यायलाइ संचार संस्थाको एउटा विटको रुपमा अगाडी बढाएको सन्दर्भमा न्याय खबरले न्याय र कानून विटमा मात्र समाचार सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने उद्देश्यका साथ स्थापना भएको छ ।

न्याय क्षेत्रमा देखिएका विभिन्न विकृतिहरुको चिरफार र भए गरेका सफलताका पाटाहरुलाइ समेत यस मिडियाले सन्तुलित तवरबाट पाठक सामु उजागर गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

न्यायालयका सूचनाहरु पहिला भन्दा केही सहज र सर्वसुलभ तरिकाले बाहिर आउन थालेपनी प्रविधीमैत्री न्यायालय नहुँदा सूचनाहरु र निर्णयहरु सर्वसाधारण सामु पुग्न समय लाग्ने हुँदा सार्वजनिक गर्न मिल्ने सूचनाहरु समाचारको रुपमा प्रकाशन एवम् प्रशारण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । न्याय खबरलाइ यहाँहरुको साथ, सहयोग र रचनात्मक सुझावहरु प्राप्त हुने छ भन्ने अपेक्षा समेत गरेका छौं ।

अन्तमा जस्टिस मिडिया एण्ड रिसर्च प्रालि द्वारा संचालित अनलाइन पत्रिका www.nyayakhabar.comको समुद्घाटन तथा दिपावली, छठ पर्व २०८१ एवम् नेपाल संवत् ११४५को पावन अवसरमा सवैलाइ शुभकामना व्यक्त गर्न चाहान्छौं ।

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्