२०८३ जेठ २१ , बिहीबार

नेपाल बारको भवन मर्मत पश्चात पूजा सम्पन्न



६ वैशाख, काठमाडौं। भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको नेपाल बार एशोसिएशनको भवन मर्मत पश्चात धार्मिक अनुष्ठान (स्वस्तीशान्ति) एवम् पूजाआजा सम्पन्न भएको छ।

वैदिक सनातन कानूनी समाज नेपालको आयोजनामा बारको प्राङ्गणमा वैदिक विधिपूर्वक पण्डित अधिवक्ता तुलसीराम पोखरेललगायत अन्य पण्डितहरुबाट सत्यनारायण पूजा, ग्रहशान्ति एवं रुद्रिपूजा सम्पन्न गरिएको बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रले जानकारी दिए।

उक्त धार्मिक कार्यमा बार पदाधिकारी मुख्य कर्ताका रुपमा र बार युनिटका प्रतिनिधिहरुले पूजापाठ एवं हवन लगायतका काममा सहभागिता भएका थिए ।
जेन्जी आन्दोलनका बेला आगलागी गरी क्षति पुर्याएको क्षतिग्रस्त भवनलाई बारले रंगरोगन लगायत पुनर्निर्माण गरी प्रयोगमा ल्याउन लागेको हो।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्