२०८३ वैशाख ६ , आइतबार

उच्च अदालत बार पाटनमा नयाँ वर्षको शुभकामना आदान–प्रदान सम्पन्न



३ बैशाख, काठमाडौं। उच्च अदालत बार एशोसिएशन पाटनद्वारा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो सार्वजनिककरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष प्राध्यापक डा. वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत बार पाटनका अध्यय वरिष्ठ अधिवक्ता विदुर ढुङ्गाना लगायतले २०८३ को भित्तेपात्रो सार्वजनिककरण गरेका छन्।

कार्यक्रममा उच्च अदालतका अध्यक्ष ढुङ्गानाले आगन्तुक सवैलाइ शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा उच्च अदालतका न्यायाधीश, रजिष्ट्रार लगायत वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्