२०८३ वैशाख २ , बुधबार

बार र वकिलको विरोध पछि सिंहदरवार प्रवेश नदिने निर्णय फिर्ता



२६ चैत्र, काठमाडौं। सरकारले सिंहदरवार प्रवेशमा कानून व्यवसायीको परिचयपत्रमा रोक लगाएको निर्णय फिर्ता लिएको छ। परिचयपत्रको आधारमा सिंहदरबार भित्र निर्वाध रूपमा गइरहेका कानून व्यवसायीहरुलाइ सरकारले एक्कासी प्रवेशमा रोक लगाएको थियो।

नेपाल बार एशोसिएशन र कानून व्यवसायीको विरोधका कारण सरकार आफ्नो निर्णयबाट पछी हटेको हो।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन् “सुरक्षाकर्मीलाई परिचय पत्र देखाई पहिले जस्तै सिंहदरबार प्रवेश गर्न पाइने जानकारी पाइएको ब्यहोरा अनुरोध छ।”

बारले प्रधानमन्त्री बालेन्द्र साहलाइ समेत ध्यानाकर्षण पत्र बुझाएको थियो। साथै प्रशासकीय अदालतका पेशी स्थगितको लागी समेत पत्राचार गरेको थियो।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्