कार्तिक १०, काठमाडौं। न्याय प्रशासन संग सम्बन्धित ऐन तथा कार्यविधि कार्यान्वयनमा देखिएका चुनौती तथा साइबर अपराध अनुसन्धान एवम न्यायिक प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पर्सा जिल्ला अदालत बार ईकाइ र बारा जिल्ला अदालत बार ईकाइद्वारा कार्तिक १० गते बिरगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणमा वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र अधिवक्ता श्री बाबुराम अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
पर्सा बारका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेलको अध्यक्षता र नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता श्री सुधिर कुमार कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला अदालतका माननीय न्यायाधीश श्री दीपक खनाल, बारा बारका अध्यक्ष श्री उमेश जैसवाल, नेबाए का पूर्व उपाध्यक्ष रामचन्द्र सिंह र बिनय सिंह, बरिष्ठ अधिवक्ता हरू दीपक राजभण्डारी, इन्द्रदेव चौधरी, रामेश्वर सेढाई र दामोदर पौडेल समेतको उपस्थिती रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा पर्सा बारा का १०० जना भन्दा बढी कानुन ब्यवसायीको सहभागिता रहेको थियो ।








