२३ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी काठमाडौं जिल्ला अदालतबाट तेस्रो पटक म्याद भएको समयभित्र अनुसन्धान सक्न आदेश दिएको छ। साथै अब उप्रान्त म्याद थप नगरी थुना मुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखककोलाइ अदालतबाट म्याद थप भएको कारण देखाउदै थुनामुक्त गर्न अस्वीकार गरेको हो। सो समय भित्र अनुसन्धान नसकिएको खण्डमा ओली र लेखकलाई थुनामुक्त गर्न आदेश दिएको छ।
अदालतले दुवैको पक्राउलाई गैरकानुनी भन्न अस्विकार गर्दै केपी शर्मा ओली र रमेश लेखक दुवैजना आफ्ना माता-पिताको निधनपश्चात्को ‘आशौच’ (जुठो) मा रहेको, साथै ओलीको स्वास्थ्य अवस्था जटिल रहेको औल्याउदै अनुसन्धान प्रकृया छिटो टुङ्गो लगाउनु भनि आदेश दिएको हो। साथै अनुसन्धानको काम सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी नेपाल सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ।








