१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामा राख्नुपर्ने कारण माग गरेको छ। साथै ओलीलाइ जरुरी पुर्जी जारी गरेर पक्राउ गर्नुपर्ने अवस्था थियो थिएन भनी गम्भिर प्रश्न समेत उठाएको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
यसैगरी एकैदिन सुनुवाइ भएको तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा समेत ‘कारण देखाउ आदेश’ जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको लेखकलाइ थुनामा राख्नुपर्ने कारण खुलाउन सरकारलाइ भनेको छ। अदालतले कार्की आयोगको प्रतिवेदन समेत महान्यायाधीवक्ता कार्यालयबाट झिकाउन समेत आदेश दिएको हो।
पूर्णपाठः


प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार








