२०८३ वैशाख २ , बुधबार

सर्वोच्च अदालत, सिंहदरबार लगायत सार्वजनिक सम्पती जलाउने ४३ जना विरुद्ध मुद्दा दर्ता



२० फागुन। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न विभिन्न  ४३ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

भदौं २३ र २४ गते जेन जी आन्दोलनको नाममा तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्ति उपर मुद्दा चलाएको हो। उनिहरुलाइ अपराधिक उपद्रव र हातहतियार तथा खरखजाना र डाँका मुद्दामा अभियोग दायर गरिएको हो।

अभियोगपत्रमा प्रतिवादीहरुले सार्वजनिक सम्पति, व्यक्तिको घरमा आगजनी, लुटपाट र प्रहरीको हतियार खोसेको आरोप छ। प्रहरी प्रतिवेदन र पिडित व्यक्तिको जाहेरीको आधारमा अनुसन्धान गरि मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौैका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए।

आइतवार र मंगलबार गरी ४५ जनालाइ मुद्दा दर्ता गरिएको काफ्लेले जानकारी दिए। प्रतिवादीहरुबाट नष्ट भएको सम्पतीको विगो भराउन समेत माग सहित अभियोग पत्र दायर भएको छ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार
प्रतिक्रिया दिनुहोस्