कार्तिक ९, काठमाडौं । नेपाल बार एशोसिएशन र न्यायालय विच बढेको दुरी घटाउनु पर्ने सर्वोच्च अदालतका न्यायाधिश हरीप्रसाद फुयालले बताउनु भएको छ ।
विशेष अदालत बार एशोसिएशनको दोस्रो साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा फुयालले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्द अदालतको अपहेलना मुद्दा तर्फ संकेत गर्दे वार र बेच्नको सम्वन्ध सधै सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायालयले बार र बारको आन्दोलनलाइ बेवास्ता गरेको र कानून व्यवसायीसंग गरिएको व्यवहार सही नभएको बताउनु भयो ।
कार्यक्रममा महान्यायधिवक्ता श्री रमेश बडाल, बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र विशेष अदालतका अध्यक्ष माननिय न्यायधीस श्री टेक नारायण कुँवरको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टीकाबहादुर कुँवर नेतृत्वको कार्यसमितिलाइ पदभार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम विशेष बार एशोसिएशनका अध्यक्ष अधिवक्ता चुडामणी पौडेलको अध्यक्षातामा सम्पन्न भएको थियो ।
फोटो फिचरः
















