२०८३ वैशाख २ , बुधबार

वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा सुदुरपश्चिम पहिलो र मधेश प्रदेश कमजोर



२ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकनमा सुदुरपश्चिम प्रदेशले पहिलो स्थान हासिल गरेको छ।

आयोगका विभिन्न ११ वटा सूचकहरु मध्ये सुदुरपश्चिमले ४५।४७ अंक प्राप्त गरी प्रथम स्थान हाँसिल गरेको हो। मूल्याङ्कनमा मधेश प्रदेशले २७।२८ अंक प्राप्त गरी कमजोर कार्यसम्पादन भएको प्रदेशको रुपमा रहेको छ।

कर्णाली प्रदेश पनि कमजोर प्रदेशको रुपमा रहेको छ। कर्णाली प्रदेशले ३२।२६ अंक मात्र प्राप्त गरेको छ।

दोस्रो स्थानमा ४४।२९ अंक प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। ४२।४६ अंक प्राप्त गरी बाग्मती तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको गण्डकी प्रदेशले ३७।९१ अंक प्राप्त गर्दा लुम्बिनी प्रदेशले ३४।७१ अंक प्राप्त गरी पाँचौ स्थानमा रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार
प्रतिक्रिया दिनुहोस्