११ माघ। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको दैलेख जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ। आज भएको भेलाले सात सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो। कमिटीको अध्यक्षमा अधिवक्ता ललित बहादुर थापा चयन भएका छन्।
कमिटीको उपाध्यक्षमा अधिवक्ता दिप्ती थापा सर्वसम्मत चयन भएकी हुन्। यसैगरी सचीवमा अधिवक्ता हेमन्त कुमार बस्नेत र काेषाध्यक्षमा अधिवक्ता टेक बहादुर केसी चयन भएका छन्।
कमिटीको सदस्यहरुमा अधिवक्ता ललित बहादुर मल्ल, अधिवक्ता हरि बहादुर खत्री र अधिवक्ता माधवराज अधिकारी चयन गरीएको अधिवक्ता सुरेन्द्रकुमार अधिकारीले जानकारी दिए।
यसैगरी सल्लाहकारहरुमा अधिवक्ता सुरेन्द्रकुमार अधिकारी र दिपेन्द्र बहादुर थापालाइ चयन गरीएको छ। भेला संगठनका केन्द्रिय सचिवालय सदस्य एवम् दैलेख जिल्ला इन्चार्ज अधिवक्ता गणेश बहादुर ओलीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।
भेलाले पिपिएलएका क्रियाशिल सदस्य अधिवक्ता माधवराज अधिकारीको स्वास्थ्य लाभको कामना गरेको छ।








