२०८३ साउन १३ , बुधबार

पिपिएलए कर्णाली प्रदेश सम्मेलनबाट वरिष्ठ अधिवक्ता शाही अध्यक्ष चयन



१० माघ। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको दोस्रो कर्णाली प्रदेश सम्मेलन वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ। सम्मेलनले प्रदेश कमिटी समेत निर्वाचित गरेको छ।

उद्घाटन समारोहमा संगठनका महासचिव अधिवक्ता भुवन प्रसाद निरौलाले संगठन स्वतन्त्र न्यायालय, विधिको शासनको पक्षमा रहेको बताए। निरौलाले देशमा भएको दण्डहिनतामा संठगन कटीबद्ध रहेको बताए।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यन्यायाधीवक्ता वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले कानून व्यवासायीले आफ्नो आचरण र पेशागत धर्म निभाउनु पर्ने र लोकतन्त्र र विधीको शासनमा विचलित हुन नहुनेमा जोड दिए।

कार्यक्रममा कानून व्यवसायी परिषद्का पार्षद अधिवक्ता मातृका प्रसाद खनालले सवैक्षेत्रमा महिला, पिछडिएको क्षेत्रको सहभागीता हुनुपर्नेमा जोड दिए।

सम्मेलनमा पिपिएलए नेपालका केन्द्रिय सदस्य अधिवक्ता गणेश ओली, नेकपा एमालेका केन्द्रिय सदस्य अधिवक्ता रुद्र बहादुर शाही, अनुशासन आयोगमा सदस्य वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सेना, नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता विवसकुमार वस्नेत, उच्च अदालत बार सुर्खेतका अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटा, डिएलए कर्णाली प्रदेशका उपाध्यक्ष अधिवक्ता हिमालय जंग शाही, रुकुम पश्चिम बारका अध्यक्ष अधिवक्ता रचना मल्लले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर लगायत विभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको छ। सम्मान पछि बोल्दै वरिष्ठ अधिवक्ता मानन्धरले कानून व्यवासाय सेवा समेत भएकोले नवोदित कानून व्यवासायीले यसलाइ बुझेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

सम्मेलनले वरिष्ठ अधिवक्ता प्रेमध्वज शाहीको अध्यक्षतामा प्रदेश कमिटी सर्वसहमत चयन गरेको छ। जसको उपाध्यक्षमा अधिवक्ता नन्दबहादुर खत्री, सचिवमा अधिवक्ता रामबाबू विसी, कोषाध्यक्षमा अधिवक्ता रचना मल्ललाइ चयन गरेको छ।

यसैगरी सदस्यहरुमा अधिवक्ता सुरेन्द्रकुमार अधिकारी, अधिवक्ता दिपेन्द्र थापा, अधिवक्ता लोकेन्द्र बहादुर शाही, अधिवक्ता जागेश्वर नेपाल, अभिवक्ता झक्कल बहादुर थापा र अभिवक्ता टोप बहादुर वलीलाइ चयन गरेको छ। संगठनको विधान अनुसार प्रदेशमा रहेका जिल्ला अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार
प्रतिक्रिया दिनुहोस्