६ माघ। पर्सा जिल्ला अदालतले रास्वपा सभापती रवि लामिछानेसंग एक करोड धरौटी माग गरको छ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको इजलासले धरौटी माग गर्ने निर्णय गरेको हो।
लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ।
लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार








