२०८३ भदौ २७ , शनिबार

निर्वाचन आयोगले गगन–विश्व समूहलाई दियो मान्यताः यस्ता छन् आधारहरु



२ माघ, काठमाडौं ।नेपाली कांग्रेसको गगन विश्व समुह र देउवा समुहको आधिकारिकता सम्वन्धी विवादको निरुपण भएको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएसंगै यो आधिकारिकताको विवाद टुङ्गो लागेको हो।

आयोगले दुवै पक्षको कुरा सुनेपछी शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत रहको ठहर गरेको छ। विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने समेत निर्णय गरेको छ।

के छ आयोगको निर्णयको आधारहरुः

विधानबमोजिम ४० प्रतिशतको संख्याले महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको। सो अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने कानूनि बाध्यता रहेकोमा सो अनुसार भएको आयोगको ठहर छ। विधानले महाधिवेशन प्रतिनिधी सवैभन्दा सर्वोच्च रहेको र विधान महाधिवेशन प्रति कसैको विमत्ति समेत नरहेको ले गगनलाइ सभापति को आधिकारीता दिएको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

देउवा पक्षको विरोध, निर्वाचन आयोग अगाडी नाराबाजीः

निर्वाचन आयोगको शुक्रबारको निर्णयप्रति देउवा समुहले विरोध जनाएको छ। साथै उक्त पक्षले निर्वाचन आयोग अगाडी समेत नाराबाजि गरेको छ। गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले सो निर्णय अस्वीकार गरेको छ।

नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन्। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कार्यबहाक सभापतिको जिम्मेवारी पाएका खड्काले आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार नै खड्का सहितको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लाई पार्टीको निर्णय पेश गरेका थिए।

 

 

 

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्