२०८२ माघ १७ , शनिबार

देउवा समुहका नेताहरू निर्वाचन आयोग पुगे



माघ २। नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। उनिहरु शुक्रबार बिहानै कांग्रेसका शेरबहादुर पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन्।

बिहिबार गगन थापा पक्षले समेत आधिकारिकता दावी सहित निर्वाचन आयोग पुगी छलफल गरेको थियो। थापाले नयाँ नेतृत्वको कागजात अद्यावधिक गरिदिन समेत निवेदन दिएका थिए।

नेपाली कांग्रेसको आधिकारिता दावी गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णवहादुर खड्का सहितको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लाई पार्टीको निर्णय पेश गरेका छन्।

देउवा पक्षका उपसभापती खड्का सहित, विमलेन्द्र निधी, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण नेपाली, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

देउवा पक्षले आफुहरु आधिकारिक भएको दावी पेश गर्ने बुझिएको छ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्