२०८२ माघ १७ , शनिबार

पिपिएलए लुम्बिनीको दोस्रो सम्मेलन सम्पन्न



२७ पुस। प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन नेपालगंजमा सम्पन्न भएको छ। सम्मेलनले अधिवक्ता हुमनाथ पाण्डेको अध्यक्षतामा प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।

२५ सदस्यीय प्रदेश कमिटीको उपाध्यक्षमा विकास आचार्य, सचिवमा लोकनाथ पन्त र कोषाध्यक्षमा बसन्त बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।  सम्मेलनले ८ जना सदस्य निर्विरोध निर्वाचित गरेको छ। प्रत्येक जिल्लाका अध्यक्षहरु पदेश सदस्य रहने केन्द्रिय सदस्य एवम् निर्वाचन मण्डलका सदस्य अधिवक्ता ठाकुर प्रसाद ओलीले जानकारी दिए।

उद्घाटन समारोहमा पिपिएलएका महासचिव अधिवक्ता भुवन प्रसाद निरौलाले विधिको शासन र संविधानको रक्षाको लागी संगठन सधै प्रतिवद्ध रहेको बताए। उनले भने “हामी फाल्गुन २१ को चुनावको पक्षमा छौं तर चुनाव कुनै हिसावले हुन नसके संसद पुनर्स्थापना हुनुपर्ने संगठनको स्पष्ट धारणा हो”।

संगठनका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापाले संविधानको पालन र रक्षाको लागी पिपिएलए लागिरहेको र सधै खवरदारी गर्ने उनको भनाइ छ। उनले भने “स्वतन्त्र न्यायालय र कानूनी शासन संगठनको मुलमन्त्र हो, यसको विकल्प हुन सक्दैन”।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका सह सचिव लक्षमण आचार्य,  उच्च अदालत बार नेपालगंजका अध्यक्ष अधिवक्ता पवन कुमार गुप्ता, विभिन्न पेशागत संगठनका प्रमुख एवम् प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।

सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका कानून व्यवसायीहरुको सहभागीता रहेको केन्द्रिय सदस्य अधिवक्ता पदम पाण्डेले जानकारी दिए। सम्मेलन लुम्बिनी प्रदेशका सह-संयोजक अधिवक्ता झविन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्