२२ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपमाअख्तियारद्वारा दायर मुद्दामा प्रदीप परियारले सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सह-सचिव परियार सहित अन्य प्रतिवादीहरुलाइ सफाइ दिएको हो।
सफाइ पाउनेहरुमा रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी रहेका छन्।
अदालतले फैसलामा भनेको छ “प्राविधिक प्रस्तावमै अनुत्तीर्ण भएपश्चात आर्थिक प्रस्तावमा कबुल गरिएको अंकका बारेमा मूल्याङ्गन समिति तथा निर्णय गर्ने अधिकारीलाई जानकारी हुन नसक्ने अवस्थामा कम अंक कवोल गर्ने वोलपत्रदातालाई बाहेक गरी बढी अंक कवोल गर्ने बोलपत्रदातासँग सम्झौता गरी रकम हानी नोक्सानी तथा दुरूपयोग गरे गराएको भनी मान्न सकिने अवस्था पनि देखिएन।”
फैसलामा “वोलपत्र आव्हान भई नियमानुसार बोलपत्र पेश भई कल्पवृक्ष – कोहिनुर जे.भि. नियमानुसार नै छनौट भई उक्त जे.भि. र काठमाडौं महानगरपालिकाबीच लागत अनुमान भन्दा ७.३ प्रतिशत घटीमा सम्झौता भई कार्य सूचारु भए गरेको भन्ने तथ्यलाई आरोपपत्रमा नै स्वीकार गरिएको अवस्था हुँदा कानून बमोजिम भए गरेका क्रियालाई अन्यथा संज्ञा दिन मिल्ने देखिएन।”
अदालतको संक्षिप्त फैसलाः









