२०८३ साउन १२ , मंगलबार

विशेष अदालतले गर्‍यो ५९ प्रतिशत मुद्दा फर्छ्यौट



१ साउन। विशेष अदालतले आर्थिक वर्ष २०८२.०८३ मा ५९.३८ प्रतिशत मुद्दा फछयौंट गरेको छ। गत आ.व.मा अदालतले कुल १५५ मुद्दा फछयौंट गरेको जनाएको छ।

अदालतले पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेको कुल मुद्दा ८२ थान र यस वर्ष दर्ता भएको १७९ थान गरी २६१ थान मुद्दामा कुल १५५ मुद्दा फछयौंट गरेको हो। अदालतले गत आ.व.मा कुल १८५ मुद्दा फछयौंट गर्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्य अनुसार अदालते ८३.७८ मुद्दा फछ्यौंट गरको जनाएको छ।

जिम्मेवारी सरेको मध्येबाट ५३ थान र नयाँ दर्ताबाट १०२ थान फैसला भएको अदालतले जनाएको छ। गत आ.व.मा अदालतले बयान ८६९ वटा, वकपत्र ७९२, थुनछेक ७७८, म्याद थप ७८ र जरुरी पक्राउ पुर्जी ३२ गरी २५४९ कार्यसम्पन्न भएको अदालतका प्रवक्ता कृष्णशरण लामिछाने जानकारी दिए।

अदालतका अनुसार कुल ११८७ वर्ष ८ महिना २० दिन कैद बेरुजु भएको अदालतको भनाइ छ। अदालतले २० अर्व ९ करोड धेरै जरिवाना असुल हुन बाँकी रहेको जनाएको छ। यसैगरी एक करोड ५६ लाख भन्दा धेरै विगो असुल हुँदा ४ अर्व ९३ करोड भन्दा धेरै सरकारी विगो असुल हुन बाँकी रहेको अदालतले जनाएको छ।

पुरा प्रगति हेर्नुहोस्ः

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्