२०८३ साउन १५ , शुक्रबार

न्याय क्षेत्रमाथीको आक्रमण अस्वीकार्यः नेपाल बार (पूर्णपाठ)



१६ पुस, काठमाडौं। अदालत र कानून व्यवसायीमाथि भएको आक्रमण न्यायालय विरुद्द भएको नेपाल बार एशोसिएशनले ठहर गरेको छ। साथै यस्तो कार्य अस्वीकार्य हुने समेत बारले जनाएको छ। पछिल्लो दिनमा समग्र न्याय क्षेत्र उपर सामाजिक सञ्जालमार्फत भईरहेको आक्रमण, अदालतका माननीय न्यायाधीशहरू एवम् बार आवद्ध कानून व्यवसायीहरूको नाम नामेसी तस्वीर राखी भईरहेको प्रचारबाजी एवम् समग्र परिस्थितिबारे गम्भिर ध्यानाकर्षण गरेको छ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ” न्याय प्रणाली, न्यायाधीश र कानून व्यवसायी उपर भ्रामक, कपोलकल्पित र सतही आरोप लगाई न्याय क्षेत्रको तेजोबध गर्ने क्रियाकलाप भईरहेको र कानूनको रक्षक नेपाल सरकार यस कार्यको मुकदर्शक भई यस्ता कार्यलाई प्रश्रय दिइरहेको घटनाको नेबाए भर्त्सना गर्दछ”।

बारले केहि समयदेखि अदालत, न्यायाधीशहरू र कानून व्यवसायीहरूप्रति लक्षित सामाजिक सञ्जालका पेजहरू र विभिन्न प्रकारका सञ्चारमाध्यममार्फत सूचना प्रविधिको दुरूपयोग गरी भ्रामक, मिथ्या सूचनाहरू एवम् घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रशारणको कार्य भईरहेकोप्रति गम्भीर आपत्ति जनाएको छ।

नेबाए कार्यसमिति, पूर्व अध्यक्ष, महासचिव, उपलब्ध बार एकाइका पदाधिकारी सहितको बैठकले विभिन्न १४ बुँदे ध्यानाकर्षण जारी गरेको छ।

नेबाएद्वारा जारी विज्ञप्तिः

 

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्