२०८२ माघ १७ , शनिबार

२२ बुँदे जनकपुर घोषणा-पत्र जारी गर्दै मानवअधिकार गोष्ठी सम्पन्न



२४ मंसिर। २२ बुँदे जनकपुर घोषणापत्र जारी गर्दै मानव अधिकार सम्वन्धी राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।  नेपाल बार एशोसिएशनद्वारा अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा प्रत्येक वर्ष मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी आयोजना गर्नेगर्छ।

यसैगरी ५१औं केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठक समेत आयोजना हुने बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।  मानवअधिकार गोष्ठिको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभातफेरी निकालिएको छ।

राष्ट्रिय गोष्ठीलाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्वोधन गरेका छन्। राउतले मानवअधिकार र विधीको शासनप्रति न्यायलय सधै प्रतिवद्ध गरेको बताए। साउतले भदौ २४ गतेको आगजनीबाट अदालतमा ठुलो क्षती भएको उल्लख गर्दै पालबाट भएपनि सेवा प्रवाह गरिरहेको बताए। प्रधानन्यायाधीश राउतले अदालतमा आगजनी गर्नेलाइ पहिचान गरी कारवाही गर्नुपर्नेमा जोड दिए। उनले भने अदालतमा आगजनी गर्नेहरु विरुद्ध जाहेरी समेत दिएकोले, अपराधमा संलग्नलाइ कानूनको दायरमा ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा महान्यायाधीवक्ता तथा बारका पुर्व पदाधिकारीले धारणा राखेका थिए।

गोष्ठिमा देशभरका विभिन्न बारका वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु, नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारीहरु तथा सदस्यहरु, बार एकाइका केन्द्रीय पार्षदहरु, मानव अधिकार तथा जन सरोकार समिति कानून व्यवसायीहरुको सहभागीता रहेको थियो।

गोष्ठि मानव अधिकार तथा जन सरोकार समितिका सह संयोजक अधिवक्ता डा राजेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्