२३ मंसिर। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। धनुषा जिल्लाको जनकपुरधाममा पूर्ण बैठक सम्पन्न भएको हो।
बैठकमा जिल्ला इन्चार्जहरुले जिम्मेवारी लिएका जिल्लाको संगठनको स्थितीबारे रिपोर्टीङ गरेकाे संगठनका महासचिव अधिवक्ता भुवनप्रसाद निरौलाले जानकारी दिए। संगठनको सचिवालयले गरेका विभिन्न निर्णयको समेत पूर्ण बैठकले अनुमोदन समेत गरेको महासचिव निरौलाले बताए।
बैठकमा हालसम्मको संगठनको आर्थिक अवस्था बारे कोषाध्यक्ष अधिवक्ता कुमार प्रसाद घिमिरेले जानकारी गराएका छन्।
कार्यक्रममा कानून विभागका सचिव वरिष्ठ अधिवक्ता डिल्लीराम मैनालीले संगठनले यसैगरी निरन्तर रुपमा काम गर्नुपर्नेमा जोड दिए। कानून व्यवासायीको हक हित र शुसासनको लागी पिपिएलए कटिवद्ध हुनुपर्ने मैनालीको भनाइ छ।
संगठनका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापाले मानव अधिकार सम्वन्धी राष्ट्रिय गोष्ठी र कार्यकारणी परिषद् बैठकलाइ सफल बनाउन सवै लाग्नुपर्नेमा जोड दिए। थापाले मानव अधिकार, विधीको शासन, स्वतन्त्र न्यायपालिकाको लागी पिपिएलए सधै अग्रपंतीमा रहेको र रहिरहने प्रतिवद्धता व्यक्त गरे।
बैठकमा नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले मानवअधिकार सम्वन्धी राष्ट्रिय गोष्ठी र कार्यकारिणी परिषद् बैठक सफल पार्न र सक्रिय सहभागी हुन अनुरोध गरे। कोइरालाले गोष्ठी र बैठकको पुरा तयारी भएको र यसले बार र बेन्चको सम्वन्धलाइ थप बलियो बनाउन कानून व्यवसायीहरुको सुझाव लिइ अघि बढ्ने बताए।
बैठकमा संगठनका पुर्व पदाधिकारी, विभिन्न बार इकाइका पदाधिकारीको सहभागीता रहेको थियो।








