२०८२ माघ १७ , शनिबार

नेबाएका निवर्तमान अध्यक्ष घिमिरेलाई अदालतको अवहेलनामा सफाई



२२ मंसिर। नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र  शान्ति सिंह थापाको  इजलासले सोमवार घिमिरेलाई मागदावी नपुग्ने फैसला सुनाएको हो।

न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयमा घिमिरेले सार्वजनिक कार्यक्रममा धारणा राखेका थिए। घिमिरे उपर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निर्देशनमा मुद्दा दर्ता भएको कानून व्यवसायीको आरोप थियो।

सर्वोच्चको फैसलापछि घिमिरेले बार र अदालतको सम्वन्धको विषय भएकोले अदालतबाट सकारात्मक निर्णय भएको प्रतिक्रिया दिए। यसले बार र अदालतको सम्वन्धलाइ थप मजबुद बनाउनेमा विश्वस्त रहेको बताए।

सर्वोच्च अदालतमा कार्यरत उपरजिस्ट्रार श्री गोविन्द्र प्रसाद घिमिरेको प्रतिवेदनले बार निवर्तमान अध्यक्ष घिमिरे उपर २०८१ असोज १४ गते अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्