२०८२ माघ १७ , शनिबार

बीस लाख धरौटीका छुटे कृष्ण महरा



१० मंसिर। पुर्व सभामुख कृष्ण बहादुर महरा धरौटीमा रिहा भएका छन्। उच्च अदालत, पाटनले सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई बिस लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतले महरालाइ थुना मुक्त गर्न जाहेरीमा नाम उल्लेख नभएको,  मूल तथा पहिलो पूरक अभियोगमा प्रतिवादी बनाइएका सह अभियुक्तहरुले यी प्रतिवादीलाई पोल गरेको नदेखिएको मुख्य आधार लिएको छ।

आदेशमा भनिएको छ “चोरी पैठारी भएको भनिएको सुन जफत भई दशीको रुपमा पेश हुन सकेको नदेखिएको तथा हाल पेश भएको पूरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दावीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलवाट नदेखिएकोले तत्काल प्राप्त प्रमाणहरुका आधारमा प्रतिवादीलाई थुनामा नैं राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने सम्मको अवस्था नदेखिएकोले  काठमाडौं जिल्ला अदालतको मिति २०८२/०६/२९ को आदेश मिलेको नदेखिँदा देखिँदा बदर गरीदिएको छ”।

अदालतले  प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७२ समेतलाई विचार गरी पछि थप प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादी कृष्णबहादुर महराबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ वीस लाख धरौटी वा सो बरावरको बैंक जमानत लिइ तारिखमा राख्नु भनि आदेश दिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्