भदौ २९, काठमाडौ । उच्च अदालत बार एशोसिएशन पाटनको २८ औ साधारणसभा सम्पन्न भएको छ । साथै सोही अवसरमा निर्वाचित कार्यसमितिलाइ पदभार समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्लले न्यायमा सवैको पहुँच पुर्याउनमा सरोकारवाला सवै लाग्नुपर्नेमा जोड दिनुभयो । बारबाट अदालतका निर्णयहरु लगतमुखी भएको प्रति न्यायधिश मल्लले, लगत पनि आवश्यक भएको र लगत संगै न्यायमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महान्याधिवक्ता रमेश बडाले फौजदारी कार्यविधी संहितामा संसोधन गर्नुपर्नेमा जोड दिनु भयो । जवरजस्ती करणी मुद्दामा निर्दोष फसेको विषयलाइ कानूनमा संसोधनबाट संवोधन हुनुपर्नेमा जोडदिनु भयो । देशभरमा कारागारको क्षमताभन्दा धेरै कैदी भएकोले कारागारको निर्माणमा समेत सरकारलाइ सुझाव दिएको महाधिवक्ता बडालले बताउनु भयो ।
उहाँले भन्नुभयो “कारागारको क्षमता १६००० रहेको र कैदीहरु करिव २८६०० भएकोले धेरै समस्या देखिएको छ, यसको सुधारको लागी पहल भइरहेको छ ।”
यसैगरी नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्याय परिषद् नियमावली २०७४ को प्रथम संशोधन खारेजीको माग रहेको र यो नसच्चिएसम्म बारको आन्दोलन रहीरहने बताउनु भयो । बारका विभिन्न सम्मेलनबाट पास भएका घोषणापत्रको मर्मभन्दा बाहिर बार जान नहुने र नसक्ने अध्यक्ष घिमिरेले बताउनु भयो । गैर संवैधानिक नियमावली अविलम्व सच्याउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष शान्तिराम खतिवडाले नवनिर्वाचित अध्यक्ष विदुर ढुङ्गानालाइ पदभार समेत हस्तान्तरण गर्नुभएको छ । साधारणसभा पाटन उच्च अदालत बारका अध्यक्ष शान्तिराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो ।








