१३ कार्तिक।काभ्रेपलान्चोक जिल्ला अदालतले दलित अभियान्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको छ।
अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उक्त आदेश दिएको हो।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए। गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
मन्त्री बन्ने चर्चा संगै उनी विरुद्ध जारी भएको पक्राउ पुर्जी सामाजिक संजालमा सार्वजनिक भएको थियो। अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहितको पक्राउ पूर्जी जारी गरेको थियो।
धरौटी खुले लगतै प्रतिवादी सुनारले अदालतलाइ धन्यवाद दिएका थिए।
प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार








