२०८३ साउन १२ , मंगलबार

जेन-जी आन्दोलनमा अदालत जोगाउने प्रहरी सम्मानित



२३ असोज । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालतलाई आगलागी र तोडफोडबाट बचाउन भूमिका खेल्ने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित भएकी छिन्।

अधिकारीलाई दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले ५ हजार रुपयाँ र कदरपत्रसहित सम्मान गरेका हुन्। घोराही उपमहानगरपालिका–१ घर भएको अधिकारीले प्रदर्शनकारीलाइ सम्झाएर अदालत परिसरबाट बाहिर पठाउन सफल भएकी थिइन्।

प्रहरी सहायक हवल्दार संगीताका कारण अदालतमा थप क्षति नभएको र उनी धन्यवादको पात्र भएको श्रेस्तेदार भुपाल भण्डारीले बताए।

संगिताले भनिन् ‘सवै तर्फबाट अदालत जोगाएकोमा प्रशंसा पाउँदा खुसी छु, सवैलाइ सम्झाएर पठाए, अहिले आफ्नो हाकीम, प्रमुख जिल्ला अधिकारी र अदालतबाट सम्मानित हुँदा खुसी छु’

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्