१४ असोज। जेन-जी प्रदर्शनमा भएको दमनबारे जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की विवादमा तानिएका छन्। कार्कीले आन्दोलनका क्रममा जेनजी समूह र बालेनको पक्षमा निरन्तर सामाजिक संजालमा प्रतिक्रिया दिएका थिए। उनले राजनीतिक दलहरु प्रति विरोध जनाउदै बालेनले देशको नेतृत्व लिने सम्मको प्रकिकृया दिएका थियो।
यसरी आन्दोलनको सल्लाहकार जसरी प्रतिक्रिया दिने कार्की अहिले विवादीत पत्र बनेका छन्। उनि नेतृत्वको आयोगले निश्पक्ष रुपमा काम गर्ने विषयमा राजनीतिक दल, कानून व्यवसायी र विश्लेषकहरुले प्रश्न उठाएका छन्।
संविधानविद् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराइले कार्की आयोग गठन पुर्व नै निश्चित धारणा बनाएको भनी सार्बजनिक तथ्य यदि सहि हो भने उहाँले तत्काल राजिनामा गर्नु पर्छ भनी सामाजिक संजालमा प्रतिक्रिया दिएका छन्। भट्टराइले भनेका छन् ‘उहाँको रिपोर्टमा जे सुकै लेखिए पनि त्यो बिबादित हुने देखियो’।
विघटित प्रतिनिधि सभाका सदस्य सुर्य थापाले आयोगका संयोजक कार्कीलाइ पद छाडेर इज्जत जोगाउन अनुरोध गरेका छन्। थापाले भनेका छन् “गौरीबहादुर कार्की श्रीमान् तपाईंबाट निष्पक्ष छानविन हुनसक्ने न्यायिक मन र हैसियत दुबै देखिएन। निन्दा र भर्त्सनाको भुमरीमा नपर्नुस, छाडेर बाटो लागिकन इज्जत जोगाउनुस!”
अधिवक्ता ताराकुमार श्रेष्ठले कार्कीबाट न्यायीक मन प्रयोग हुनेमा अशंका व्यक्त गरेका छन्। उनले भनेका छन्।”गौरी श्रीमानवाट न्यायिक मनको प्रयोग होला त !? आफ्नो धारणा पहिल्यै सार्वजनिक गरेको देखियो । एउटा पक्षको पक्षधरतामा लागेको व्यक्तिको नेतृत्वमा वनेको छानवीन आयोगले गरेको अनुसन्धान र फैसलाको नतिजाको निष्पक्षता र विस्वसनियता कति होला !? उहाँ प्रति गम्भीर नैतिक प्रश्न उठेको हुदा अनुसन्धानको निष्पक्षता , मान्यता र विस्वसनियताको लागि समेत आयोगको नेतृत्व वाट बाहिरिनु उपयुक्त हुन्छ “।
अधिवक्ता रवीन्द्र भट्टराइले कार्की आयोगलाइ लक्षित गर्दै भनेका छन् “कुनै विषयमा पूर्वधारणा बनाइसकेको व्यक्ति सोही विषयको निष्पक्ष परीक्षक बन्न सक्दैन”।
पत्रकार किशोर श्रेष्ठले कार्की र आयोगका सदस्यहरुलाइ नैतिकताको प्रश्न उठाएका छन्। उनले भनेका छन् “सामाजिक सन्जालमा सार्वजनिक खपतका लागि मनका बह पोख्नु र कानुनका दफा,उपदफा केलाएर कसैमाथि न्यायिक छानविनपश्चात् कार्वाहीको निम्ति ठहरखण्डसहित सिफारिस लेख्नु फरक कुरा हैन र श्रीमान ?” पत्रकार श्रेष्ठले कार्कीलाइ भनेका छन् ‘३ महिनाको कार्यावधि पूरा नहुँदै ३-४ दिनमै “यी अपराधी” भन्दिने ? “पेन्सन र टेन्सन” को भिन्नता किन छुट्याउन सक्नुभएन’?
श्रेष्ठले आयोगका सदस्य विज्ञानराज शर्मालाइ समेत प्रश्न गर्दै भनेका छन् “मेरो प्यारो मित्र बिज्ञानराज शर्माजी,अकाट्य र अब्बल अनुसन्धानमा ३० बर्ष बिताएर बिशिष्ट श्रेष्ठको एआइजी पदसम्म पुगिसक्नुभएका तपाईंले न्यायिक छानबिनका नाममा यतिसम्म अन्यायी भूमिका निर्वाह गर्ने गौरीबहादुर कार्की श्रीमानको अन्धसमर्थन गरिरहन मिल्ने हो र” !
यसैविच मानवअधिकार एलाइन्सले समेत कार्कीको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ। एलाइन्सका अध्यक्ष विदुर सुवेदी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “२०८२ भाद्र २३ र २४ गते जेन्जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानविनका लागि जाँचबुझ आयोग गठन पूर्व नै आयोगका अध्यक्षद्वारा अभिव्यक्त गरिएको भनिएका सार्वजनिक धारणाहरूले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरेको हुँदा मानवअधिकार एलाइन्स आयोगको निष्पक्षता सुनिश्चित गर्न नेपाल सरकार र सम्बद्ध सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछ ।”
कार्की नेतृत्वको छानविन आयोगले निष्पक्ष रुपमा काम नगर्ने र आयोगको सिफारिस समेत विवादीत हुने कानूनका जानकार र राजनितीक दलले प्रतिक्रिया दिएका छन्।
अध्यक्ष कार्कीले भदौं २४ गते लगातार सामाजिक संजालमा जेन जी आन्दोलनको पक्षमा र तत्कालीन प्रधानमन्त्री र मन्त्री विरुद्द लेखेका थिए। सामाजिक संजालमा कार्कीको राजिनामाको माग गरिएको छ।








