असोज २। नेपाल बार एशोसिएशनले जेन-जी अन्दोलनको क्रममा आगजनी भएको कानून व्यवासायीको कार्यालयको निरिक्षण गरेको छ। नेबाए केन्द्रिय समिति र उच्च अदालत बार पाटन सहितको पदाधिकारीले नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा रहेको कानून व्यवसायीको क्षेतीग्रस्त कार्यालयको अनुगमन गरेको हो।
साथै संगठनको जलेको भवनको समेत निरिक्षण गरिएको नेबाए अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रले जानकारी दिए। उनले भने ‘कर्मचारी संगठनको पहिलो र दोस्रो तलमा क्षेती भएको छ, कानून व्यवसायीको कार्यालयमा आगजनी र लुटपाट भएको छ, यो ज्यादै नै दुखदायी घटना हो’।
अधिवक्ताहरु राजु बस्नेत, नवराज ढकाल लगायतका कानून व्यवासायी द्वारा संचालित न्याय कुञ्ज नामक ल फर्ममा ७ लाख बराबरको क्षेती भएको पाटन उच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता वीदुर ढुङ्गानाले जानकारी दिए। उनले भने ‘ल फर्म भित्र आगजनी र तोडफोड गरिएको छ, कार्यालयका सामानहरु चोरी गरिएको छ, जसले उहाँहरुलाइ काम गर्न कठिन भएको छ’।
ल फर्म संचालक अधिवक्ता राजु बस्नेतले कम्प्युटर लगायतका सामान चोरी र आगजनी गरेर पेशा अगाडी बढाउन समेत अप्ठ्यारो परेको गुनासो गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले भवनमा अपुरणिय क्षेती पुगेको बताइन्। उनले भनिन् ‘मेरो कार्यकक्ष सम्पुर्ण रुपमा खरानी भएको छ, कोषाध्यक्षको कार्यकक्षबाट नगद, कम्प्युटर लगायतका सामानहरु र सिसिटिभीको हार्डडिक्स समेत लगिएको छ, भवनको दुइवटा तला प्रयोग गर्न मिल्ने नमिल्ने प्राविधिक जाँच पश्चात थाहा हुनेछ, यो सामान्य मानिसको काम नभइ अपराधिक समुहको योजनावद्ध काम हो ‘।









