३१ भदौ। यही २३ र २४ गते जेन-जी समुहको अन्दोलनबाट तोडफोड र आगजनीबाट क्षेतीग्रस्त कानून व्यवसायीका घर र कार्यालयको नेपाल बार एशोसिएशनको पदाधिकारीले अवलोकन गरेको छ।
बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रको नेतृत्वमा विभिन्न घर र कार्यालयहरुको क्षेतीको अवलोकन गरेको हो। बारले पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाको र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको कान्तिपुर सेन्ट्रल बिजनेस पार्कमा भएको कार्यालयमा पुगेको थियो। उक्त कार्यालयमा कार्यालयको निशान सम्म नभएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।
उनले भने “कान्तिपुरको भवनमा रहेको दुइवटा कानून व्यवसायीका कार्यालय पुर्णरुपमा नष्ट भएको छ, उहाँहरुलाइ धैर्य रहन हामीले भनेका छौं, यस किसिमको अपराधिक घटनाको निष्पक्ष छानविनको लागी बारले जोडदार माग गर्दछौं”।
बारले पूर्व महासचिव वरिष्ठ अधिवक्ता अग्नी खरेलको घरमा गइ क्षेतीको समेत अवलोकन गरेको छ। घरको माथिल्लो २ तला पुर्ण रुपले नष्ट भएको र प्रयोग समेत गर्न नमिल्ने रहेको वरिष्ठ अधिवक्ता खरेलले जानकारी दिए। उनले भने “भुइतलामा प्रवेश नगरी बाहिरबाट घरको माथिल्लो तलामा प्रवेश गरी आगजनी गरे, यो जेनजीबाट भएको होइन, यसको छानविन गरी कारवाहीको माग गर्दछु”।
बारले वरिष्ठ अधिवक्ता रामनारायण विडारीको कार्यालयमा पुगी कार्यालय र घरको क्षतीको विवरण लिएको छ। ढुङ्गेअड्डा स्थित घर प्रयोग गर्न नमिल्नेगरी क्षती भएको वरिष्ठ अधिवक्ता विडारीले जानकारी दिए। मैले २०६० सालमा हेटौडाको घर बेचेर किनेको घर जलाउनुपर्ने कारण थिएन, अव बस्ने बास छैन हामी सवै परिवार आफन्तको घरमा शरण लिएका छौं, छोराले निजि कम्पनीमा काम गरेर किनेको गाडी सहित सवै नष्ट गरे विडारीले दुःख पोखे।
फोटोः









